हेजलवुडले लिए आईपिएलबाट नाम फिर्ता
<p>काठमाडौं। अष्ट्रेलियाका तिव्रगतिका बलर जोश हेजलवुडले इन्डियन प्रिमियर लिग (आईपिएल) बाट आफ्नो नाम फिर्ता लिएका छन्। </p>
<p>आईपीएलको फ्रेन्चाइज टोली चेन्नई सुपर किङ्सबाट खेल्ने हेजलबुडले आउदो विश्वकप र एशेस शृंखलालाई मध्यनजर गर्दै नाम फिर्ता लिएको बताएका छन्। </p>
प्रतिक्रिया दिनुहोस्
