काठमाडौं। पोखरा प्रिमयर लिग अन्तरगत आजको खेलमा ज्ञानेन्द्र मल्लको शतकीय योगदानमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजविरुद्ध १०६ रनको फराकिलो जित हासिल गरेको छ।
काठमाडौं गोल्डेनका लागि कप्तान ज्ञानेन्द्रले ३७ बलमा १०० रन बनाए। ३७ बलमा शतक बनाउने क्रममा ज्ञानेन्द्रले ८ चौका र ९ छक्का प्रहार गरेका थिए। शतक पूरा गरे लगत्तै ज्ञानेन्द्र कमलसिंह ऐरीको बलमा आउट भए। विष्फोटक ब्याटिङ गरेका ज्ञानेन्द्रको यो शतक घरेलु क्रिकेटमा सवैभन्दा कम बलमा बनाइएको शतककारुपमा दर्ज भएको छ।
काठमाडौं गोल्डेनका लागि जे कोलसावलले ४६ रन बनाउँदा अमित श्रेष्ठले ३४ रन बनाए। काठमाडौं गोल्डेन वारियर्सले १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रनको योगफल तयार गरेको थियो।
जवाफी ब्याटिङमा आएको धनगढी ब्लुजले १६ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७९ रन जोड्न सक्यो। धनगढी ब्लुजका लागि एसए विजयरत्नेले १५ र आरए थोमसले १० रन बनाउनुबाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।