एनएसजेएफ एकेडेमीको औपचारिक सुरुआत <p>काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार विशेष समारोहका बीच एनएसजेएफ एकेडेमीको औपचारिक सुरुआत गरेको छ।&nbsp;</p> <p>मञ्चले खेलकुद पत्रकारको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ एकेडेमीको सुरुआत गरेको हो। जसअनुसार मञ्चले तालिम, अनुसन्धान र खेलको अभिलेखीकरण, मेन्टरसिपको प्रशिक्षणजस्ता कार्यक्रम अघि सारेको छ।&nbsp;</p> <p>मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले खेल पत्रकारको व्यवसायीक वृद्धि विकासका लागि एकेडेमी फलदायी हुने बताए।</p>
प्रतिक्रिया दिनुहोस्