ओसाकाको अपराजित यात्रामा पूर्णविराम
<p>काठमाडौं। विश्व नम्बर दुई नाओमी ओसाकाको २३ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ। ओसाका मियामी ओपनको क्वार्टरफाइनलमा मारिया सकारीसँग पराजित भएकी हुन्। </p>
<p>जापानकी ओसाका २३औं वरियाताप्राप्त ग्रिसकी सकारीसँग ६–०, ६–४ ले पराजित भएकी हुन्। अपराजित भएसँगै ओसाकाले विश्व वरियाताको शीर्ष स्थानमा फर्किने मौका पनि गुमाएकी छिन्। </p>
<p>शीर्ष वरियाताप्राप्त अस्ट्रेलियाकी एशलेघ बार्टीले सेमिफाइनलमा युक्रेनकी एलिना स्भितोलिनासँग प्रतिस्पर्धा गर्नेछिन्।</p>
प्रतिक्रिया दिनुहोस्
