इटालीको शतप्रतिशत नतिजा <p>काठमाडौं। स्टेफानो सेन्सी र सिरो इमोबिलको गोलमा इटालीले विश्वकप छनोटमा लिथुनियालाई २&ndash;० ले पराजित गरेको छ।&nbsp;</p> <p>चार पटकको विश्वकप विजेता इटालीले ४८औं मिनेटमा स्टेफानो सेन्सीको गोलबाट अग्रता लियो। अन्तिम समयमा इमोबिलले पेनाल्टीमा गोल थपेपछि इटालीले तीन अंक पक्का गर्यो।&nbsp;</p> <p>तीन खेलबाट ९ अंक जोडेको इटाली समूह &lsquo;सी&rsquo; को शीर्ष स्थानमा छ। ६ अंक जोडेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्