ग्रिजमनको गोलमा फ्रान्सको जित <p>काठमाडौं। एन्टोइन ग्रिजमनले दोस्रो हाफमा गरेको गोलमा विश्व विजेता फ्रान्सले गएराति विश्वकप छनोटमा बोस्निया हर्जगोभिनालाई १&ndash;० पराजित गरेको छ।&nbsp;</p> <p>बार्सिलोनाका फरवार्ड ग्रिजमनले ६०औं मिनेटमा गरेको गोल फ्रान्सको जितमा निर्णायक बन्यो।&nbsp;</p> <p>जितपछि तीन खेलबाट सात अंक जोडेको फ्रान्स समूह &lsquo;डी&rsquo; को शीर्ष स्थानमा छ। तीन अंक जोडेको युक्रेन दोस्रो स्थानमा छ। बोस्निया हर्जगोभिना एक अंकका साथ चौथो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्