स्पेनको अपराजित यात्रा कायम <p>काठमाडौं। फेरान टोरेसले गोल गरेको दिन स्पेनले विश्वकप छनोटमा कोसोभोलाई ३&ndash;१ ले पराजित गरेको छ। विश्वकप छनोटमा स्पेनले अपराजित यात्रालाई कायम राखेको छ।</p> <p>ड्यानी ओल्मोको गोलबाट स्पेनले ३४औं मिनेटमा अग्रता लियो। ३६औं मिनेटमा टोरेसले अग्रता दोब्बर बनाए। ७५औं मिनेटमा जेरार्ड मोरेनोले अर्को गोल थपे।</p> <p>बसार हालिमीले ७०औं मिनेटमा गरेको गोल कोसोभोका लागि सान्त्वना बन्यो। स्पेन समूह &lsquo;बी&rsquo;को शीर्ष स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्