जर्मनी घरेलु मैदानमा स्तब्ध
<p>काठमाडौं। चार पटकको विश्वकप विजेता जर्मनी विश्वकप छनोटमा नर्थ म्यासेडोनियासँग घरेलु मैदानमा २–१ ले स्तब्ध भएको छ। </p>
<p>गोरान पान्डभको गोलबाट नर्थ म्यासेडोनियाले पहिलो हाफको इन्जुरी समयमा अग्रता लियो। ६३औं मिनेटमा जर्मनीका इल्के गुन्डोगनले पेनाल्टीमा बराबरी गोल फर्काए। </p>
<p>खेल सकिन पाँच मिनेट बाँकी हुँदा इलिफ इलमसले गरेको गोल म्यासेडोनियाको जितमा पर्याप्त बन्यो। हारपछि जर्मनी समूह ‘जे’को तेस्रो स्थानमा झरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
