तीव्र गतिका बलर बुमराह विवाहपछि फर्किए अभ्यासमा <p>काठमाडौं। मार्च १५ मा विवाहका लागि छुट्टी लिएका भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह आईपीएलको तयारीमा जुटेका छन्।&nbsp;</p> <p>अहिले उनी साता दिनका लागि क्वारेन्टिनमा छन्। ट्विटरमा फोटो राख्दै उनले आफू &lsquo;वेटलिफ्ट&rsquo; गरिरहेको बताएका छन्।</p> <p>२७ वर्षीय बुमराह इङ्ल्यान्डविरुद्धको अन्तिमतिरको खेलमा देखिएका थिएनन्। अब उनी आफ्नो टिम मुम्बई इन्डियन्सको जर्सीमा आईपीएलमा देखिने छन्।</p>
प्रतिक्रिया दिनुहोस्