पोल्यान्डलाई हराउँदै इङ्ल्यान्ड शीर्ष स्थानमा
<p>काठमाडौं। ह्यारी मगुएरले अन्तिम समयमा गरेको गोलमा इङ्ल्यान्डले गएराति विश्वकप छनोटमा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ। </p>
<p>ह्यारी केनले १९औं मिनेटमा पेनाल्टीबाट गरेको गोलबाट इङ्यान्डले अग्रता लियो। पोल्यान्डका जाकुब मोडरले बराबरी गोल फर्काए। खेल सकिन पाँच मिनेट बाँकी हुँदा म्यागुएरले गरेको गोल इङ्ल्यान्डको जितमा निर्णायक बन्यो। </p>
<p>समूह ‘आई’मा ९ अंक जोडेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ। पोल्यान्ड चौथो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
