च्याम्पियन्स लिगको नयाँ ढाँचाको निर्णय १९ अप्रिलमा <p>काठमाडौं। सन् २०२४ देखि पहिलो चरणमा १० खेल हुने च्याम्पियन्स लिगको नयाँ ढाँचाको निर्णय अझ पर सरेको छ।&nbsp;</p> <p>पछिल्लो दुई वर्षदेखि छलफलमा रहेको प्रस्तावलाई बुधबार बसेको युइएफएको कार्यकारी कमिटीले १९ अप्रिलसम्म सारेको छ।&nbsp;</p> <p>च्याम्पियन्स लिगको नयाँ ढाँचाअनुसार लिगको समुह चरण खारेज हुनेछ। त्यस्तै, लिगमा हाल रहेको ३२ टोलीलाई बढाएर ३६ पु&yen;याइनेछ, जसमा दुई टोलीले वाइल्डकार्डमार्फत् स्थान पाउनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्