एकै खेलमा तीनपटक लक्ष्य परिर्वतन <p>काठमाडौं। बंगलादेश र न्युजिल्यान्डबीच सम्पन्न भएको दोस्रो ट्वान्टी&ndash;२० खेलमा बंगलादेशले तीन पटक नयाँ लक्ष्य पाएको हो।&nbsp;</p> <p>पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १७.५ ओभरमा १७३ रन बनाउदा वर्षाले खेल बिथोलेको थियो। यसपछि डकवर्थ लुईस नियममाअनुसार नयाँ लक्ष्य दिनुपर्ने थियो।&nbsp;</p> <p>नियमअनुसार पहिले बंगलादेशले १६ ओभरमा १४८ रनको लक्ष्य पायो। त्यसपछि यो बढेर १७० को भयो। र अन्तिममा बंगलादेशले १७१ रनको लक्ष्य पाएको थियो।&nbsp;</p> <p>खेलमा बंगलादेश २८ रनले पराजित भयो ।</p>
प्रतिक्रिया दिनुहोस्