लेवानडोस्कीले च्याम्पियन्स लिग क्वार्टरफाइलनमा पीएसजीविरुद्धको खेल पनि गुमाउने
<p>काठमाडौं। घुँडाको चोटका कारण बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवानडोस्कीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्धको खेल गुमाउने भएका छन्। </p>
<p>३२ वर्षे पोल्यान्डका फरवार्ड लेवानडोस्कीले आइतबार एन्डोराविरुद्धको खेलमा घाइते भएका हुन्। पोल्यान्ड ३–० ले विजयी भएको खेलमा लेवानडोस्कीले दुई गोल गरेका थिए। </p>
<p>लेवानडोस्कीले आजराती हुने विश्वकप छनोटमा इङ्ल्यान्डविरुद्धको खेल गुमाउने भएका छन्। उनी एक महिना मैदानबाहिर हुनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्
