विश्वकप छनोटमा बेल्जियमको फराकिलो जित <p>काठमाडौं। लियान्ड्रो ट्रोसार्ड र डेनिस प्रेटले देशका लागि पहिलो गोल गरेको दिन बेल्जियमले गएराति विश्वकप छनोटमा बेलारूसलाई ८&ndash;० ले हरायो।&nbsp;</p> <p>बेल्जियमको जितमा ट्रोसार्ड र हान्स भानाकेनले समान दुई गोल गरे। प्रेट, मिचे बात्सुयी, जेरेमी डोकु र क्रिष्टियन बेन्टेकेले एक&divide;एक गोल गरे।&nbsp;</p> <p>जितपछि बेल्जियम सात अंकका साथ समूह &lsquo;ई&rsquo; को शीर्ष स्थानमा छ। तीन अंक जोडेको बेलारूस चौथो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्