पोर्चुगलको जितमा रोनाल्डो र जोटाको गोल
<p>काठमाडौं। क्रिष्टियानो रोनाल्डो र डिएगो जोटाले गोल गरेको दिन पोर्चुगलले विश्वकप छनोटमा लक्जेम्बर्गलाई ३–१ ले पराजित गरेको छ। </p>
<p>गार्सन रोड्रिगुइसले ३०औं मिनेटमा गरेको गोलबाट लक्जेम्बर्गले अग्रता लियो। ४५औं मिनेटमा जोटाले बराबरी गोल फर्काए। ५१औं मिनेटमा पोर्चुगलका रोनाल्डोले गोल गरे। ८०औं मिनेटमा जोओ पाल्हिन्हाले गोल थपेपछि पोर्चुगलले तीन अंक जोड्यो। </p>
<p>८७औं मिनेटमा लक्जेम्बर्गका म्याक्सिम चनोटले रातो कार्डको सामना गरे।</p>
प्रतिक्रिया दिनुहोस्
