जेम्सको गोलमा वेल्सलाई तीन अंक <p>काठमाडौं। ड्यानियल जेम्सले अन्तिम समयमा गरेको गोलमा वेल्सले गएराति विश्वकप छनोट प्रतियोगितामा चेक गणतन्त्रलाई १&ndash;० ले पराजित गरेको छ।&nbsp;</p> <p>जेम्सले ८२औं मिनेटमा गरेको गोल वेल्सको जितमा निर्णायक बन्यो। ४९औं मिनेटमा प्याट्रिक शिकले रातो कार्डको सामना गरेपछि चेक गणतन्त्र १० खेलाडीमा सीमित भएको थियो ।&nbsp;</p> <p>७७औं मिनेटमा कोनर रोबर्टसले पनि रातो कार्डको सामना गरेपछि वेल्स पनि १० खेलाडीमा सीमित बनेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्