त्रिदेशीय उपाधि विजेता राष्ट्रिय टोलीका खेलाडीहरूले जनही एक लाख पाउने
<p>काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय अन्तर्राष्ट्रिय कप विजेता नेपाली राष्ट्रिय टोलीका सदस्यहरूलाई जनही एक-एक लाख दिने घोषणा गरेको छ।</p>
<p>प्रतियोगिताको पुरस्कार राशि विजेतालाई पाँच हजार र उपविजेतालाई तीन हजार अमेरिकी डलर रहेको थियो। </p>
<p>नेपाल, बङ्गलादेश र कीर्गिस्तानको ओलम्पिक टिम सहभागी रहेको त्रिदेशीय कपको फाइनलमा नेपालले बङ्गलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
