लेवान्डोस्कीले इङ्ल्यान्डविरुद्धको खेल गुमाउने <p>काठमाडौं। बार्यन म्युनिख तथा पोल्यान्डका स्टाइकर रोर्बट लेवान्डोस्कीले चोटका कारण विश्वकप छनोटअन्र्तगतको इङ्गल्यान्डविरुद्धको खेल गुमाउने भएका छन्।</p> <p>आइतवार भएको एन्डोराविरुद्धको खेलमा लेवान्डोस्कीको दाहिने घुँडामा चोट लागेको हो। उनले चोटका कारण खेलको ६३ औं मिनेटमा मैदान छाडेका थिए।&nbsp;</p> <p>पोल्यान्ड फुटबलका अनुसार लेवान्डोस्की १० दिन मैदानबाहिर रहनेछन्। युरोपको समुह &lsquo;आइर्&rsquo;मा रहेको पोल्यान्ड चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्