विश्व सुपर लिगः पराजयपछि पनि इङल्यान्ड पहिलो स्थानमा
<p>काठमाडौं। एकदिवसीय शृंखलामा भारतसँग २–१ ले पराजित भएपछि पनि इङल्यान्ड विश्व सुपर लिगको पहिलो स्थानमा यथावत् छ। शीर्ष स्थानमा रहेको इङल्यान्डको ४० अंक छ। </p>
<p>विश्व सुपर लिगको दोस्रो स्थानमा अष्ट्रेलिया ४० अंक सहित नै दोस्रो स्थानमा रहेको छ। </p>
<p>त्यस्तै तेस्रो स्थानमा न्युजिल्यान्ड, चौथो स्थानमा अफगानिस्तान, पाँचौं स्थानमा बंगलादेश र छैटौं स्थानमा वेष्टइन्डिज छ। </p>
<p>इङल्यान्डलाई पराजित गरेको भारत लिगको सातौं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
