वीरगन्जद्वारा ओएसिस पराजित
<p>काठमाडौं। शहिद स्मारक सी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले ओएशिस क्लबलाई २-० ले पराजित गरेको छ। </p>
<p>जितसँगै वीरगन्ज युनाइटेड आठ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ। वीरगन्जले लिगका चारखेलमध्ये दुईमा जित र दुईमा बराबरी खेलेको छ। </p>
<p>लिगमा दुई अंक जोडेको ओएसिस तालिकाको अन्तिम स्थानमा छ। ओएशिसले लिगका चार खेलमध्ये तीनमा पराजित हुँदा एक खेल बराबरी खेलेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
