त्रिदेशीय कपको फाइनल खेलको टिकट मूल्यमा वृद्धि <p>काठमाडौं। एन्फाले त्रिदेशीय कपको फाइनल खेलको टिकट मूल्य बढाएको छ।&nbsp;</p> <p>त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ हुने फाइनल खेलका लागि एन्फाले साधारणतर्फ एक हजार र भिआईपीतर्फ दुई हजार रूपैयाँ टिकटदर निर्धारण गरेको हो।</p> <p>यसअघिका खेलमा एन्फाले टिकट मूल्य साधारणतर्फ सात सय र भीआईपीतर्फ १५ सय रूपैयाँ तोकेको थियो। त्रिदेशीय कपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश प्रतिस्पर्धा गर्दै छन्।</p>
प्रतिक्रिया दिनुहोस्