२०० खेलसम्म कप्तानी गर्ने विराट तेस्रो भारतीय क्रिकेटर <p>काठमाडौं। क्रिकेटर विराट कोहली भारतका लागि २००औं खेलसम्म कप्तानी गर्ने तेस्रो भारतीय क्रिकेटर बनेका छन्।</p> <p>विराटले कप्तानी गरेको २००औं खेलमा भारतले गएराति इङल्यान्डलाई सात रनले पराजित गरेको थियो।</p> <p>विराट अघि भारतका लागी सबैभन्दा धेरै खेलसम्म कप्तानी गर्ने खेलाडी महेन्द्र सिंह धोनी (३३२) र मोहमद अजरुद्धिन (२२१) हुन्।&nbsp;</p> <p>हालसम्म विश्व क्रिकेटमा आठ खेलाडीहरुले मात्रै २०० अन्तर्राष्ट्रिय खेलसम्म कप्तानी गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्