जिम्बाबे भ्रमण गर्दै पाकिस्तान
<p>काठमाडौं। पाकिस्तानी क्रिकेट टोलीले अप्रिल र मे महिनामा ट्वान्टी–२० र टेष्टका लागि जिम्बाबे भ्रमण गर्ने भएको छ। </p>
<p>जिम्बाबेको राजधानी हरारेमा दुई टिमबीच तीन खेलको टी–ट्वान्टी र दुई खेलको टेस्ट हुनेछ ।</p>
<p>टी–ट्वान्टी सिरिज अप्रिल २१, २३ र २५ मा हुनेछ। पहिलो टेस्ट अप्रिल २९ र दोस्रो टेस्ट मे ७ मा सुरु हुनेछ।<br />
कोरोनाका कारण शृंखला दर्शकबिना खाली रंगशालामा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
