एकदिवसीय शृङ्खलाको उपाधि भारतलाई, इङ्ल्याड सात रनले पराजित
<p>काठमाडाैं। भारतले इङ्ल्याडलाई सात रनले पराजित गर्दै तीन खेलको एकदिवसीय शृङ्खला २-१ ले जितेको छ।</p>
<p>टस हारेर पहिले ब्याटिङमा आएको भारतले ४८.२ ओभरमा सबै विकेट गुमाएर ३२९ रन बनायो। भारतका ऋषब पन्तले ७८ र शिखर धवन ६७ बनाए। </p>
<p>३३० को लक्ष्य पछ्याएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३२२ रन मात्रै बनायो। इङ्ल्यान्डका साम करनले सर्वाधिक ९५ रन बनाए।</p>
<p>भारतका सार्दुल ठाकुरले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए।</p>
प्रतिक्रिया दिनुहोस्
