आर्मी क्लब र किर्गिस्तानबीचको फुटबल निःशुल्क हेर्न पाइने <p>काठमाडौं। त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रंगशालामा हुने फुटबल खेल दर्शकले निःशुल्क हेर्न पाउने भएका छन्। एएफसी प्लेअफ कप २०२१ को तयारीमा जुटेको आर्मी क्लब र किर्गिस्तान यू&ndash;२३ टोलीबीच आज मैत्रीपूर्ण खेल हुन लागेको हो।<br /> दिउँसो साढे तीन बजे खेल हुने र उक्त समयमा रंगशाला पुग्ने जोसुकैले पनि निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्