न्युजिल्यान्डको जितमा कोनवे र सोधी नायक <p>काठमाडौं। डेभोन कोनवे र ईश सोधीको उत्कृष्ट प्रदर्शनप्रेरित न्युजिल्यान्डले आज पहिलो ट्वान्टी&ndash;२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ६६ रनले पराजित गरेको छ।&nbsp;<br /> कोनवेले ९२ रन बनाएपछि ह्यामिल्टनस्थित सेडोन पार्कमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले २० ओभरमा तीन विकेट गुमाएर २१० रन बनायो।&nbsp;</p> <p>सोधीले चार विकेट लिएपछि २११ रनको लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेट गुमाएर १४४ रनमात्रै बनाउन सक्यो।</p>
प्रतिक्रिया दिनुहोस्