कडा मेहनतको प्रतिफल ‘गोल्डेन ग्लोभ्स’– किरण चेमजोङ
<p>काठमाडौं। नेपाली फुटबल टिमका गोलकिपर किरण चेम्जोङ भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन्। </p>
<p>शनिबारबाट सकिएको आईलिगमा गोल्डेन ग्लोभ्स जितेपछि किरणले ‘कडा मेहनत र लगनशीलताको प्रतिफल मिलेको’ बताएका छन्। नेपालका कप्तान किरणले पन्जाब एफसीबाट यस सिजनको आईलिग खेलेका थिए।</p>
<p>गोल्डेन ग्लोभ्स विजेता किरणले २ लाख ५० हजार रुपैयाँ पाए। आईलिगको उपाधि भने गोकुलम केरेलाले जित्यो।</p>
प्रतिक्रिया दिनुहोस्
