धम्बोझी प्रेसिडेन्ट लिगको शीर्ष दुईमा
<p style="text-align: justify;">काठमाडौं। लुम्बिनी प्रदेशको धम्बोझी क्लबले शनिबार एन्फा प्रेसिडेन्ट लिग २०७७ मा कर्णालीको लेकाली युवा क्लबलाई ३-१ ले पराजित गरेको छ। </p>
<p style="text-align: justify;">जितसँगै धम्बोझीले लिगको दोस्रो स्थानमा रहेर राष्ट्रिय लिगका लागि स्थान बनायो। लिगका शीर्ष चार टीमले राष्ट्रिय लिग खेल्नेछन्।</p>
<p style="text-align: justify;">शनिबार नेपालगन्ज रंगशालामा धम्बोझीको जितमा बिसन गुरुङ, गौरब बुढाथोकी र निसान लिम्बुले गोल गरे। लेकालीका संजय धिमालले २४औं मिनेटमा गोल गरे।</p>