खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि <p>काठमाडौं। खडक वारियर्सले रूपनी राइडर्सलाई १ रनले हराउँदै सप्तरी प्रिमियर लिगको उपाधि जितको छ।</p> <p>राज रंगशालामा निरज यादवले ५१ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो। १४७ रनको लक्ष्य पछ्याएको राइडर्सले ९ विकेट गुमाएर १४५ रन बनायो।</p> <p>विजेता वारियर्सले तीन लाख र उपविजेता राइडर्सले १ लाख ५० हजार रूपैयाँ पुरस्कार पाए।</p>
प्रतिक्रिया दिनुहोस्