नेपाल फेरि बराबरीमा रोकियो, फाइनल बंगलादेशसँगै खेल्ने <p>काठमाडौं। नेपालले त्रिदेशीय कप फुटबल प्रतियोगितामा बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ। बराबरीमा रोकिएपछि दुई अंक जोडेको नेपालले अब फाइनलमा बंगलादेशसँग नै खेल्नेछ। चार अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाउन सफल भयो।&nbsp;</p> <p>नेपाल पहिलो खेलमा पनि किर्र्गिस्तान यु&ndash;२३ सँग गोलरहित बराबरीमा रोकिएको थियो। बंगलादेशले किर्गिस्तानलाई १&ndash;० ले पराजित गरेको थियो। फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्