बंगलादेशको सेट नै परिवर्तन
<p>काठमाडौं। नेपालविरुद्धको खेलका लागि बंगलादेशका प्रशिक्षक जेम्स डेले किर्गिस्तानविरुद्ध खेलेको टिममा ११ खेलाडी नै परिवर्तन गरेका छन्। नेपालले बिहीबार किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेपछि बंगलादेशले त्रिदेशीय कपको फाइनलमा स्थान बनाइसकेको छ। बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो। </p>
<p>बंगलादेशका प्रशिक्षक डेले यसअघि नै आफूले नेपालविरुद्धको खेलमा नयाँ खेलाडीलाई मौका दिने बताएका थिए। नेपालको टिममा भने कुनै परिवर्तन छैन।</p>
प्रतिक्रिया दिनुहोस्
