दुबई पारा-ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने
<p>काठमाडौं। दुबईको सहवाव अल अलि क्लबमा हुने फज्जा दुबई पारा इन्टरनेशनल ब्याडमिन्टन प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ। </p>
<p>चैत १४ देखि २३ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन्। पारा–ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो। </p>
<p>प्रकाशलाई शुक्रबार विदाई गर्नेक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले नेपालले एसएल चारमा स्पर्धामा नाम दर्ता गरे पनि खेलाडीको परीक्षणपछि खेल्ने विधाको टुंगो लाग्ने बताए।</p>
प्रतिक्रिया दिनुहोस्
