वीरगन्ज युथविरुद्ध सानोगौचरन विजयी
<p>काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा सानोगौचरन युथ क्लबले वीरगन्ज युथ एकेडेमीलाई २–१ ले पराजित गरेको छ।</p>
<p>सानोगौचरनका उर्गेन लामा र अनुज थापाले गोल गरे। वीरगन्जका सृजनराज गौतमले एक गोल फर्काए। </p>
<p>लिगमा पहिलो जित हात पारेको सानोगौचरन तालिकाको ११औं स्थानमा उक्लिएको छ। सानोगौचरन यसअघि तीन खेलमा पराजित भएको थियो।</p>
<p>तीन खेलबाट छ अंक जोडेको वीरगन्ज तालिकाको चौथो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
