लामो करियरका लागि आर्चर चोट ठीक बनाउनुपर्छः स्टोक्स
<p>काठमाडौं। इङ्ल्यान्डका अलराउन्डर क्रिकेटर वेन स्टेक्सले तीव्र गतिका बलर जोफ्रा आर्चरले आफ्नो लामो करियर बचाउनका लागि कुहिनाको चोट ‘पूर्ण ठीक बनाउनु पर्ने’ बताएका छन्। </p>
<p>“जोफ्राले आफ्नो कुहिनालाई पूर्ण ठीक हुन दिनुपर्ने कुरामा हामी एकदमै सजक हुन आवश्यक रहेको छ”, स्टोक्सले भने। </p>
<p>राजस्थान रोयल्सका सहकर्मी स्टोक्सले कुहिनाको चोटकै कारण आर्चरले आईपीएलको पूर्ण सिजन गुमाउने सम्भावना रहेकोे बताए। </p>
<p>आर्चरलाई भारतविरुद्धको पाँचौ ट्वान्टी–२० खेलमा कुहिनामा चोट लागेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
