न्युजिल्यान्डद्वारा एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला क्लिन स्विप <p>काठमाडौं। न्युजिल्यान्डले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बंगलादेशलाई १६४ रनले पराजित गर्दै शृङ्खला क्लिन स्विप गरेको छ।&nbsp;</p> <p>देभोन कोनवेले १२६ र डरेल मिचेलले अविजित १०० रन बनाएपछि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा &nbsp;६ विकेट गुमाएर ३१८ रन बनाएको थियो।&nbsp;</p> <p>जेम्स निसमले ५ तथा म्याट ह्यारिले ४ विकेट लिएपछि बंगलादेशले ४२.४ ओभरमा सबै विकेट १५४ रन मात्र बनाउन सक्यो।</p>
प्रतिक्रिया दिनुहोस्