घरेलु मैदानको एकदिवसीय श्रृंखलामा इङ्ल्यान्डविरुद्ध ३६ वर्षदेखि अपराजित भारत <p>काठमाडौं। भारत र इङ्ल्यान्डको दोस्रो खेल आज पुनेमा हुँदैछ। तीन एकदिवसीय श्रृंखलाको पहिलो खेलमा भारतले पाहुना टोलीलाई ६६ रनले पराजित गरेको थियो।&nbsp;</p> <p>भारतीय टिमले आफ्नो घरमा ३६ वर्षदेखि इङ्ल्यान्डविरुद्ध कुनैपनि श्रृंखला गुमाएको छैन्।</p> <p>पछिल्लो पटक इङ्ल्याड १९८४&divide;८५ मा पाँच एकदिवसीय श्रृंखलामा ४&ndash;१ ले विजयी भएको थियो। त्यसयता भारतीय मैदानमा इङ्ल्यान्डले कुनैपनि एकदिवसीय श्रृंखला जित्न सकेको छैन।</p>
प्रतिक्रिया दिनुहोस्