मुख्यमन्त्री राईले गरे विराटनगर सिटी फुटबल क्लबको उद्घाटन
<p>काठमाडौै। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरेका छन्। </p>
<p>विराटनगर सिटीले वैशाख ११ बाट हुने नेपाल सुपर लिगमा प्रदेश १ को प्रतिनिधित्व गर्दैछ। क्लबले प्रतियोगिताका लागि गत साता अक्सनबाट १४ खेलाडी अनुबन्ध गरिसकेको छ। </p>
<p>मुख्यमन्त्री राईले प्रतियोगितामा क्लबले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले क्लबको स्थापनाले स्थानीय फुटबलको विकासमा पनि सहयोग पुग्ने बताए।</p>
प्रतिक्रिया दिनुहोस्
