श्रीलंका र वेष्ट इन्डिजबीचको पहिलो टेष्ट बराबरी
<p>काठमाडौं। वेष्ट इन्डिजका एनक्रुमा बोन्नरले अविजित ११३ रन बनाएपछि श्रीलंकाविरुद्धको पहिलो टेष्ट बराबरीमा सकिएको छ। </p>
<p>जितका लागि ३७५ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले अन्तिम दिन सकिँदा चार विकेट गुमाएर २३६ रन बनायो। वेष्ट इन्डिजले पहिलो इनिङमा २७१ रन बनाएको थियो। </p>
<p>श्रीलंकाले पहिलो इनिङमा १६९ रन बनाएको थियो। पाथुम निसान्काले १०३ रन बनाएपछि श्रीलंकाले दोस्रो इनिङमा ४७६ रन बनाएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
