इङ्ल्यान्डका कप्तान मोर्गानले भारतविरुद्धको बाँकी खेल गुमाउने <p>काठमाडौं। इङ्ल्यान्डका कप्तान इयान मोर्गनले चोटका कारण भारतविरुद्धको बाँकी दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट गुमाउने भएका छन्।</p> <p>मंगलबारराति भएको पहिलो खेलमा मोर्गानको औलामा चोट लागेको थियो। चोटकै कारण साम विलिङ्सले आज हुने दोस्रो खेल गुमाउने छन्।&nbsp;</p> <p>पहिलो खेलमा भारत ६६ रनले विजयी भएको थियो। तीन खेलको एकदिवसीय शृंखलामा भारत १&ndash;० ले अघि रहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्