स्पेन बराबरीमा रोकियो <p>काठमाडौं। स्पेन विश्वकप छनोट प्रतियोगितामा गएराती ग्रिससँग १&ndash;१ को बराबरीमा रोकिएको छ।&nbsp;</p> <p>अल्भारो मोराटाको गोलबाट स्पेनले ३३औं मिनेटमा अग्रता लिएको थियो। उनले कोकेको पासमा गोल गरे। अनास्तासियोस बाकासेटासले पेनाल्टीमा बराबरी गोल फर्काए।&nbsp;</p> <p>स्पेनका वैकल्पिक खेलाडी इनिगो मार्टिनेजले जियोर्गोस मासौरसलाई फाउल गरेपछि ग्रिसले पेनाल्टी अवसर पाएको थियो। बराबरीपछि स्पेन समूह &lsquo;बी&rsquo;को तेस्रो स्थानमा छ। स्वीडेन शीर्ष स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्