लेवानडोवस्कीले पोल्यान्डलाई हारबाट जोगाए <p>काठमाडौं। रोबर्ट लेवानडोवस्कीले ८३औं मिनेटमा गोल गरेपछि पोल्यान्डले गएराति विश्वकप छनोट खेलमा हंगेरीसँग ३&ndash;३ को बराबरी खेलेको छ।&nbsp;</p> <p>रोलान्ड सलाई र एडम सालीको गोलमा हंगेरीले २&ndash;० को अग्रता लियो। पोल्यान्डका वैकल्पिक क्रिजटोफ पिएटेक र कालिम ओज्विएकले बराबरी गोल फर्काए।&nbsp;</p> <p>विली&nbsp;ओर्बानको गोलमा हंगेरीले फेरि अग्रता लियो। खेल सकिन सात मिनेट बाँकी हुँदा लेवानडोवस्कीले बराबरी गोल फर्काएपछि पोल्यान्ड हारबाट जोगियो।</p>
प्रतिक्रिया दिनुहोस्