विश्वकप छनोटमा जर्मनीको विजयी सुरुआत
<p>काठमाडौं। काई हाभर्टज र इल्के गुन्डोगनले गोल गरेको दिन जर्मनीले विश्वकप छनोट प्रतियोगितामा आयरल्यान्डलाई ३–० ले पराजित गरेको छ। </p>
<p>घरेलु टिम जर्मनीले पहिलो सात मिनेटमै दुई शुन्यको अग्रता लिएको थियो। बायर्न म्युनिखका लियोन गोरेट्जकाले गरेको गोलबाट जर्मनीले दोस्रो मिनेटमा अग्रता लियो। चेल्सीका फरवार्ड हाभार्टजले सातौं मिनेटमा अग्रता दोब्बर बनाए। </p>
<p>म्यानचेस्टर सिटीका गुन्डोगनले ५६औं मिनेटमा अर्को गोल थपेपछि जर्मनीले सहज जित निकाल्यो।</p>
प्रतिक्रिया दिनुहोस्
