चेम्बरको आयोजनामा कर्पोरेट गल्फ प्रतियोगिता
<p style="text-align: justify;">काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले आफ्नो ७०औं वार्षिकोत्सवको अवसरमा गल्फ प्रतियोगिता गर्ने भएको छ।</p>
<p style="text-align: justify;">रोयल गल्फ क्लबसँग मिलेर यही चैत २० र २१ गते गल्फ प्रतियोगिता हुने भएको हो।</p>
<p style="text-align: justify;">पहिलोपल्ट हुन लागेको ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आगामी पाँच वर्षसम्म लगातार हुनेछ। प्रतियोगिता अहिले कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयोजना गरिनेछ। </p>