शहीद स्मारक सी डिभिजन लिग : झापाको सहज जित <p>काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले मनोहरा युनाइटेडलाई ४-१ ले पराजित गरेको छ।&nbsp;</p> <p>झापाको जितमा गणेश हिम्दुङदुई, सरोज दर्जी कार्की र पुजन राईले एक&divide;एक गोल गरे। मनोहराका तीर्थराज बस्नेतले सान्त्वना गोल फर्काए।&nbsp;</p> <p>जितसँगै छ अंक जोडेको झापालिगको चौथो स्थानमा उक्लिएको छ। त्यस्तै, तीन अंक रहेको मनोहरा लिगको सातौँ स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्