युनाइटेडका राशफोर्ड खेल्नेमा शंका <p>काठमाडौं। म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस राशफोर्डले आजराति सानमारिनोविरुद्ध विश्वकप छनोट प्रतियोगिताको पहिलो खेल खेल्नेमा शंका छ।&nbsp;</p> <p>चोटमुक्त भएपनि २३ वर्षे फरवार्ड टिमका अन्य खेलाडीसँग अभ्यास गरेका छैनन्। आर्सनलका विंगर बुकायो साका पनि ह्यामस्ट्रिङका कारण नखेल्ने पक्का भएको छ।&nbsp;</p> <p>इङ्ल्यान्डले सान मारिनोविरुद्ध सतप्रतिशत नतिजा निकालेको छ। यअसघि सबै ६ खेल जितेको इङ्लयान्डले ३७ गोल गरेको छ भने एक गोल खाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्