डेब्यू गरेको निसान्काको शतक, वेष्ट इन्डिजलाई ३७५ रनको लक्ष्य <p>काठमाडौं। टेष्ट क्रिकेटमा डेब्यू गरेका पाथुम निसान्का शतक बनाएपछि श्रीलंकाले वेष्ट इन्डिजलाई पहिलो टेष्टमा जितका लागि ३७५ रनको लक्ष्य दिएको छ।&nbsp;</p> <p>श्रीलंकाले २५५/४ को स्थितिबाट तेस्रो दिन थालेको थियो। निसान्का २१ रनको अवस्थामा थिए। निसान्काले १०३ र निरोशन दिकवेलेले ९६ रन बनाएपछि श्रीलंकाले दोस्रो इनिङमा ४७६ रन बनायो। श्रीलंकाले पहिलो इनिङमा १६९ रन बनाएको थियो।&nbsp;</p> <p>पहिलो इनिङमा २७१ रन बनाएको वेष्ट इन्डिज चौथो दिन सकिँदा ३४/१ को स्थितिमा छ।</p>
प्रतिक्रिया दिनुहोस्