बेल्जियमको जितमा डी ब्रुयना र लुकाकुको गोल
<p>काठमाडौं। विश्व नम्बर एक बेल्जियमले उत्कृष्ट पुनरागमनमा वेल्सलाई ३–१ ले पराजित गरेको छ। </p>
<p>युरोपियन विश्वकप छनोट खेलमा गएराति वेल्सले ह्यारी विल्सनको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो। </p>
<p>बेल्जियमका केभिन डी ब्रयनाले २२औं मिनेटमा बराबरी गोल फर्काए। थोर्गान हाजार्डले २८औं मिनेटमा गरेको गोलबाट बेल्जियमले अग्रता लियो। रोमेलु लुकाकुले ७३औं मिनेटमा गरेको पेनाल्टी गोल गरेपछि बेल्जियमको जित पक्का भएको हो। <br />
</p>
प्रतिक्रिया दिनुहोस्
