नेदरल्यान्ड्स टर्कीसँग स्तब्ध
<p>काठमाडौं। विश्वकप छनोट प्रतियोगितामा नदेरल्यान्ड्स टर्कीसँग ४–२ ले स्तब्ध भएको छ। </p>
<p>२०१० को उपविजेता नेदरल्यान्ड्सविरुद्ध टर्कीले बुराक यलमाजको गोलबाट १५औं मिनेटमा अग्रता लिएको थियो। ३४औं मिनेटमा यिलमाजले अग्रता दोब्बर बनाए। ४६औं मिनेटमा हकन कालहानोग्लुले अर्को गोल थपे। </p>
<p>नेदरल्यान्ड्सका डेभी क्लासेनले ७५औं मिनेटमा गोल फर्काए। लुक डी जोङले अर्को गोल थपेपछि नेदरल्यान्ड्सले पुनरागमनको आशा गरेको थियो। तर यिलमाजले पेनाल्टीमा अर्को गोल थपेपछि टर्कीले सहज जित निकाल्यो। <br />
</p>
प्रतिक्रिया दिनुहोस्
