सानो गौचरनविरुद्ध महावीर विजयी <p>काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा महावीर क्लबले सानो गौचरन युथ क्लबलाई २&ndash;० ले पराजित गरेको छ। महावीरका सुबम राय र अरुनराज धामीले गोल गरे। &nbsp;</p> <p>लिगका तीनमध्ये दुईमा पराजित र एकमा विजयी भएको महावीर तीन अंकसहित तालिकाको आठौं स्थानमा छ। त्यस्तै, तीनवटै खेलमा पराजित भएको सानो गौचरन अंकविहीन रहँदै तालिकाको पुछारमा छ।</p>
प्रतिक्रिया दिनुहोस्