एनबिए कप च्याम्पियनसिपको मिति सर्यो
<p>काठमाडौं। योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ।</p>
<p>चैत्र १५-१८ सम्म हुने भनिएको च्याम्पियनसिप कभर्डहलको व्यस्तताले सार्नु परेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए। अब सो कार्यक्रम २०७८ बैशाख ४-८ सम्म हुनेछ।</p>
<p>च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिक्स युगल, ब्वाईज तथा गर्ल्स यु-१७ र भेट्रान्स युगल ४५ गरी ८ विधा रहनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
